लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले माफी मागे « Khabarhub

लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले माफी मागे


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी ‘लकडाउन’ गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्।

चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ।

एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको छ।

साप्ताहिक रेडिओ सम्बोधनमा आइतवार मोदीले भने: “मलाई तपाईँहरूको समस्या थाहा छ तर कोरोनाभाइरसविरूद्ध लड्ने अर्को कुनै उपाय छैन । यो जीवन र मृत्युको लडाईँ हो र हामीले त्यो जित्नुपर्छ।”

भारत अहिले तीन साताका लागि लगाइएको लकडाउनको बीचमा छ। तर त्यसकाबीच करार र दैनिक ज्यालादारीका दशौँ हजार श्रमिक प्रतिबन्धलाई तोडेर आफ्ना घर फर्किरहेको बीबीसीले उल्लेख गरेको छ ।

एकजना मजदुरले घर फर्कन २७० किलोमिटरको पैदल यात्राको प्रयास गरेपछि ज्यान गुमाएको प्रहरीलाई उदृत गर्दै रोएटर्सले जनाएको छ ।

अहिले राज्य सरकारहरूलाई आफ्ना राज्यका सीमाहरू बन्द गर्न भनिएको छ। कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिने प्रयासस्वरूप देशका विभिन्न ठाउँबाट आएका हजारौँ कामदारहरूलाई क्वारन्टीनमा राख्न समेत भनिएको छ।

उत्तर प्रदेश राज्यमा कर्मचारीहरूलाई हालै घर फर्केका झण्डै डेढ लाख मानिसहरू आफ्ना घरभित्र छिर्न दिन नहुने भन्दै तिनको पहिचान गर्न भनिएको छ।

उच्च जनघनत्व भएका कारण भारतमा भाइरसको प्रकोप फैलँदा त्यसले दुर्भाग्यपूर्ण अवस्था निम्त्याउनसक्नेमा धेरैको चिन्ता छ।

कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । १ हजार २४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ जनाले उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४७ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको