कोरोना नियन्त्रणका लागि चलचित्र कलाकार संघको १ लाख सहयोग « Khabarhub

कोरोना नियन्त्रणका लागि चलचित्र कलाकार संघको १ लाख सहयोग


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले खडा गरिएको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको महामारी रोक्न सरकारले चालेको कदममा सघाउँदै संघले सहयोग गरेको जनाएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्ने जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खडकाज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१००० (एकलाख एक हजार) प्रदान गर्ने निर्णय भएको छ ।

संघले देशमा साधन स्रोत र क्षमताले भ्याएसम्म सरकार नागरिकको सुरक्षा र बचाउनका लागि प्रयत्नशील भएको भन्दै सरकारको प्रशंसा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरू का साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौं ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ५९ बजे

पक्राउ परे व्यवसायी दीपक भट्ट

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

रविले भने : कसैमाथि प्रतिशोध हुने छैन, प्रश्न गर्दैमा माइक काटिने छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई सिंहदरबारमा

राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको २०औँ अधिवेशन सुरु भएको छ । 

संसद्‌मा प्रतिपक्षको आवाज कमजोर हुन दिँदैनौँ, लोकतन्त्र जोगाउन प्रतिबद्ध : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभामा प्रतिपक्षको

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म