कोरोना नियन्त्रणका लागि चलचित्र कलाकार संघको १ लाख सहयोग | Khabarhub Khabarhub

कोरोना नियन्त्रणका लागि चलचित्र कलाकार संघको १ लाख सहयोग


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले खडा गरिएको कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको महामारी रोक्न सरकारले चालेको कदममा सघाउँदै संघले सहयोग गरेको जनाएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्ने जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रबिन्द्र खडकाज्यूको निर्देशनमा कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सहमतिमा सरकारले स्थापना गरेको राहत कोषलाई रू १०१००० (एकलाख एक हजार) प्रदान गर्ने निर्णय भएको छ ।

संघले देशमा साधन स्रोत र क्षमताले भ्याएसम्म सरकार नागरिकको सुरक्षा र बचाउनका लागि प्रयत्नशील भएको भन्दै सरकारको प्रशंसा गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लक डाउनको अवधीमा ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने दाजु भाई दिदीबहिनीहरू का साथै श्रमिक चलचित्रकर्मीहरू पनि समस्यामा पर्न आएको थाहा हुन आएकाले यस सम्बन्धमा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौं ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  १ : ५९ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन