स्वास्थ्य उपकरण तत्कालै प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह « Khabarhub

स्वास्थ्य उपकरण तत्कालै प्रदेश र जिल्लामा पुर्‍याउन कांग्रेसको आग्रह


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण तथा उपाचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन आग्रह गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरि देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणको यथाशिघ्र व्यवस्था गर्न आग्रह गरेका हुन् ।

खाणले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सम्लग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुको आत्मबल बढाउने काम गर्न पनि स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन् ।

त्यस्तै निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्रीहरु उपलब्ध गराइ कोरोना रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउने सुझाव पनि खाणले दिए ।

जवाफमा स्वास्थ्य मन्त्री ढकालले नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्रीहरु सोमबार बिहानबाट वितरण भइरहेको र साँझसम्म सबै प्रदेशमा वितरण हुने र प्रदेशबाट सबै जिल्लाहरुमा वितरण भएको बताएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  २ : ४४ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले