कोभिड १९– अपरिचितलाई गाउँ प्रवेशमा निषेध « Khabarhub

कोभिड १९– अपरिचितलाई गाउँ प्रवेशमा निषेध


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन कैलालीका युवाले अपरिचितलाई गाउँ प्रवेशमा निषेध गर्न थालेका छन् ।

गाउँ गाउँमा युवाले बाटो बन्द गर्दै एक गाउँबाट अर्को गाउँं प्रवेश समेत रोक्न थालेका छन् । टीकापुर नगरपालिका–१ सतघरुवाका युवाले आफ्नो गाउँको बाटो बन्द गरेका छन् ।

‘‘पछिल्लो समय भारत लगायत अन्य मुलुकबाट आउनेबाट कोरोना भाइरसको सम्भावित जोखिम हुनाले गाउँको सबै बाटोमा छेकवार लगाएका छौं ।’’ सतघरुवाका लक्ष्मी चौधरीले भने, ‘‘स्वतः स्फुर्त रुपले युवाले लकडाउन भन्दै बाटो बन्द गर्न थालेका हौं । हामी मात्र होइन अन्य गाउंँका युवाले पनि कसैले वार, कसैले छेकवार लगाएर आउजाउ बन्द गरिरहेका छन् ।’’

नागरिक सचेत गराउन गाउँमा बडघर र चिराकीले सो कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षण लगायतबारे जानकारी समेत दिन थालेका छन् । भारतबाट लकडाउन उल्लङ्घन गर्दै स्वदेश फर्किने नरोकिएपछि युवाले गाउँ गाउँ नै लकडाउन गर्न थालेको बडघर बाबुराम चौधरीले बताए । डाफेमुनाल टोलविकास संस्थाको समन्वयमा गाउँका युवाले लकडाउन गरेका हुन् ।

‘‘लकडाउन अवधिभर मासु वा मासुजन्य खानेकुरा खानपूर्णरुपले बन्द गरेका छौं ।’’ उनले भने ‘‘ग्रामीण क्षेत्रमा जुवातास खेल्ने लगायतका कार्य गरेको पाइएमा जरिवाना स्वरुप ५०० रुपैँया जरिवाना तोकेका छौं ।’’

कैलालीको जोशीपुरका युवाले समेत गाउँ प्रवेश निषेध गरेका छन् । जोशीपुरका युवाले अपरिचित व्यक्ति वा अर्को गाउँंको व्यक्तिलाई आफ्नो गाउँमा प्रवेशमा रोक लगाउन थालेका छन् ।

‘‘कोरोनाको त्रासले शहर बजार तथा अन्य देशहरुबाट समेत मानिस गाँउ केन्द्रीत भएका छन् ।’’ जोशीपुरका पदम परियारले भने ‘‘हामी सम्भावित जोखिममा हुनसक्छौं भनी गाउँ गाउँका बाटो बन्द गर्न थालेका हौं ।’’

स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग समन्वय गर्दै अपरिचितमाथि निगरानी बढाएको बताएका छन् ।

लम्की चुहाका ग्रामीण क्षेत्रका युवाले भारतबाट आएकाको खोजी गरी उनीहरुलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गर्न थालेका छन् ।

‘‘हामीले भारतबाट आएकाहरुको खोजी गर्न थालेका छौं ।’’ लम्कीचुहाका धनराज विक भने, ‘‘भारतबाट आएकालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न अपिल गरेर त्यहाँ पठाउने, नमान्नेलाई सेल्प क्वारेन्टाइमा बस्न सुझाव दिन थालेका छौं ।’

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : २७ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक