बुटवल क्वारेन्टाइनमा मृत्यु भएका बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभः स्वस्थ्य मन्त्रालय « Khabarhub

बुटवल क्वारेन्टाइनमा मृत्यु भएका बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभः स्वस्थ्य मन्त्रालय


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म  ९ सय ९३ जनाको  कोरोना भाइरस परीक्षण भएको जानकारी दिएको छ । परीक्षणको दायरा बढाएसँगै आज मात्रै थप ७६ जनाको परीक्षण भएको जानकारी दिएको हो ।

मन्त्रालयले टेकूको आइसोलेसनमा ४ जना र पाटनमा ३ जना उपचाररत रहेकाे समेत जानकारी दिएको छ । चार वटा पोजेटिभ केसहरुमध्ये एक जनाकाे निको भइसकेको र अन्य तीन जनाकाे उपचार जारी रेहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देबकोटाले हालसम्म मृत्यु भएका मानिसहरुको कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको जानकारी दिएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवकोटाले केहीको स्वाब परीक्षण भइरहेको र परीक्षण भइसकेका मृतकको रिपोर्ट भने नेगेटिभ देखिएको बताएका हुन् ।

‘बुटवलका  दुवई बाट आएका ४३ वर्षीय पुरुषको नमूना पठाइएको थियो, त्यसको नजिता नेगेटिभ आएको छ,’ प्रवक्ता देवकोटाले बताए ।

उनले पाटनमा मृत्यु भएका एक युवक र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको नमूना परीक्षणको काम भइरहेको पनि जानकारी दिए ।

आइतबार बुटवलको कोरोना अस्पतालको क्वारेन्टाइनमा रहेका एक जनाको निधन भएको थियो । परीक्षण रिपोर्ट आएसँगै उनको कोरोनाका कारण मृत्यु नभएको स्पष्ट भएको छ ।

आजै वीर अस्पतालमा थप दुई जनाको मृत्यु भएको थियो । दुबै जनाको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

उनले चीनबाट ल्याइएको स्वास्थ्य सामग्री स्थानीय तहमा प्रदान गरेको समेत जानकारी दिए । सरकारले पीपीई कम्तीमा एक हजार सेटको दरले, १० हाजार माक्स, २० हजार ग्लोभ्स पठाइएको जानकारी दिए । त्यसबाहेक अन्य स्वास्थय सामग्री पनि पठाइएको जानकारी दिए ।

परीक्षण सेवा विस्तारका विषयमा समेत प्रवक्ता देवकोटाले जानकारी दिए । उनले उपत्यका बाहिर धरानमा १९ जनाको कोरोना भाइरस सक्रमणको परीक्षण गरिएको जानकारी दिए । त्यस्तै आज थप ६ जनाको परीक्षण गरिएको र सबैको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।

कोरोना परीक्षण मेसिन विभिन्न प्रदेशबाट माग भए पनि पहिलो चरणमा धनगढी, सुर्खेत, जनकपुर र बुटवलमा विस्तार गरिएको बताए । सबै मेसिनहरु परीक्षण गरिएको र काम गर्ने अवस्थामा रहेको समेत उनले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ५३ बजे

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप

विराटनगर– विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको

गगन र विश्वप्रकाशको एक स्वर, ‘विशेष महाधिवेशनको विकल्प छैन’

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप सशक्त बन्दै गएको

स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८)को अवधारणपत्र तयारीका

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी