ब्राजिलमा एकै दिन ६ हजार ४६२ जनामा कोराना भाइरस संक्रमण पुष्टि « Khabarhub

ब्राजिलमा एकै दिन ६ हजार ४६२ जनामा कोराना भाइरस संक्रमण पुष्टि


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण ब्राजिलमा पनि तीव्र देखिएको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ४४८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ५१५ पुगेको छ ।

ब्राजिलमा एकैदिन ६ हजार ४६२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७९ हजार ३६१ पुगेको छ ।

ब्राजिलमा संक्रमितमध्ये ३४ हजार १३२ जना उपचारपछि निको भएका छन् । ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ भने ३९ हजार ७१८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ । अमेरिकामा हालसम्म ६१ हजार ६५६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको