कोरोना भाइरसले भारतमा १ हजार ७९ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसले भारतमा १ हजार ७९ जनाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ७९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो ।

भारतमा एकैदिन थप १ हजार ७३८जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएका छन् । २३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमध्ये पनि भारतमा सबैभन्दै भन्दा बढी कोरोना भाइरसको प्रभाव देखिएको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ८१ जनाले ज्यान गुमाएका छन् भने १ लाख १७ हजार ५८९ संक्रमित छन् ।

एसियाली मुलुकको दोस्रो स्थानमा इरान र तेस्रमा चीन रहेका छन् । इरानमा हालसम्म ९३ हजार ६५७ संक्रमित रहेका छन् भने ५ हजार ९५७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै चीनमा ८२ हजार ८ सय बढी कोरोना संक्रमित छन् भने ४ हजार ६३३ जनाको कोरोनाको संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ५५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,