परीक्षण सफल भए कोरोनाको भ्याक्सिन भारतमै पाइने, मूल्य १ हजार पर्ने « Khabarhub

परीक्षण सफल भए कोरोनाको भ्याक्सिन भारतमै पाइने, मूल्य १ हजार पर्ने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमै कोरोनाभाइरसको भ्याक्सिनको विकास गरिरहेको पुणेको सिरम इन्ष्टिच्युटका सीइओ अडर पूनावालाले ट्रायल सफल भएमा यही सेप्टेम्बर वा अक्टोबरसम्ममा भ्याक्सिन आउने हुने बताएका छन् ।

उनले यो भ्याक्सिन बजारमा १ हजार भारतीय रुपैयाँमा उपलब्ध हुने बताए । भारतीय अखबार बिजनेश टुडेलाई दिएको एक अन्तरवार्तामा पूनावालाले भने ‘हामीले जोखिम उठाउँदै भ्याक्सिनको एडभान्स ट्रायलभन्दा अगाडि नै उत्पादन सुरु गर्दैछौं ।’

सिरम इन्ष्टिच्युटले ३ वटा भ्याक्सिन परीक्षण र उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । यीमध्ये एक भ्याक्सिन त्यही हो जसलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको हो र जुन भ्याक्सिन सबैभन्दा चाँडो आउने अपेक्षा गरिएको छ ।

यसबाहेक सिरम इन्ष्टिच्युटले अमेरिकाको कोडाजेनिक्स कम्पनीको भ्याक्सिन र आफ्नै उत्पादन बीसीजीको ‘रिकम्बिनेन्ट’ भ्याक्सिन विकास गर्दैछ । सिरम इन्ष्टिच्युट विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक हो जसले वर्षमा १ अर्ब ५० करोड डोजभन्दा धेरै भ्याक्सिन उत्पादन गर्छ जसले विश्वका ६५ प्रतिशत बालबालिकाहरुलाई ‘इम्युनाइज’ गर्छ । अडर पूनावालाका पिता साइरस पूनावालाले यो कम्पनी १९६६ मा स्थापना गरेका हुन् ।

पूनावालाका अनुसार मे महिनाको अन्तिमदेखि भ्याक्सिनको उत्पादन सुरु हुन सक्छ र परीक्षण सफल भएमा सेप्टेम्बर–अक्टोबरदेखि यसलाई बजारमा उपलब्ध गराइनेछ ।

उनले भने ‘बेलायतमा अहिले भ्याक्स्निको क्लिनिकल ट्रायलको घोषणा गरिएको छ तर हामीले उत्पादनको पहल गरेका छौं । परीक्षण सफल रहेमा यस वर्षको सेप्टेम्बर अक्टोबरसम्म भ्याक्सिनको पहिलो खेप तयार गर्नेछौं । हामीले पहिल्यै उत्पादन सुरु गर्ने निर्णय यसकारण गरेका हौं ताकि ट्रायल सफल भएपछि तत्काल यसलाई पर्याप्त रुपमा उपलब्ध गराउन सकियोस् । हामीले मेदेखि यसको ह्युमन ट्रायल पनि गर्नेछौं ।’

उनले भने ‘हाम्रो केन्द्र कोभिड १९ को भ्याक्स्नि बनाउनको लागि तयार छन् र हामीले उनीहरुलाई पूर्ण रुपमा खोप बनाउने काममा नै लगाएका छौं । पुणेको आफ्नो कारखानामा हामीले ५ देखि ६ अर्ब रुपैयाँ लगानी गरेका छौं । यसका अलावा आगामी २–३ वर्षमा पूर्ण रुपमा कोभिड १९ को मात्र खोप बनाउनको लागि एक नयाँ कारखाना स्थापित गर्नेछौं ।’

यो खोपको उत्पादन कहिले सुरु हुनेछ भन्ने प्रश्नको जवाफमा पुनावालाले भने ‘हाम्रा मौजुदा इकाइहरुमा आगामी तीन हप्तामा उत्पादन सुरु हुनेछ । हामीले हरेक महिना ४० देखि ५० लाख डोज बनाउनेछौं । यसपछि उत्पादन बढाएर हरेक महिना १ करोडसम्म पुर्याउनेछौं । सेप्टेम्बर अक्टोबरसम्म उत्पादन बढेर हरेक महिना ४ करोडसम्म पुग्न सक्छ । पछि हामीले यसलाई अन्य देशमा पनि निर्यात गर्नेछौं ।’

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : १३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब