हुम्ला – हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच कुटाकुट भएको छ ।
बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको बताइएको छ । वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद भएको थियो।
अन्य वडालाई भने योजनाका कामको रकम नै भुक्तानी गर्दा पनि आफ्नो वडामा भने कुनै पनि आयोजनाको काम अघि नबढेकाले विवाद भएको शाहीले बताए ।
विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले जानकारी दिए ।
प्रतिक्रिया