मूल्यभन्दा बढीमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना | Khabarhub Khabarhub

मूल्यभन्दा बढीमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापा जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका–१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई बिहीबार २५ हजार जरिवाना गरेको छ ।

चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा सो जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

उपभोक्ताले बारम्बार कम्प्लेक्सका सञ्चालक सन्दीप अधिकारीले बजार मूल्यभन्दा बढीमा सामान बिक्री गरेको गुनासो गरेपछि बिहीबार समितिले अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकारीले कम्प्लेक्सले तय गरेको मूल्यको दररेट, बिल र खातासमेत नराखेको हुँदा कति मूल्य बढीमा सामान बेचिरहेका छन् भन्ने यकिन नभएको बताए ।

समितिले उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै यसअघि पनि भद्रपुर नगरपालिकाभित्रका पाँचवटा किराना पसललाई बन्दाबन्दीको मौका छोपी मूल्य अभिवृद्धि गरेको आरोपमा ३६ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

सहायक प्रजिअ राईले बन्दाबन्दीको फाइदा उठाउँदै बजारमा कालोबजारी हुन नदिन समितिले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरिरहेको बताए । समितिले उपभोक्तालाई सजक रहन र तोकिएको भन्दा बढी मूल्यमा सामान खरिद नगर्नसमेत आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत सहायक प्रजिअ राईको संयोजकत्वमा गठन गरिएको समितिमा आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयलगायत सदस्य रहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १ : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।