लकडाउनका बेला डिजेल बोक्ने ट्याङ्करमा लागू औषध तस्करी « Khabarhub

लकडाउनका बेला डिजेल बोक्ने ट्याङ्करमा लागू औषध तस्करी


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका बेला निर्वाध चल्न अनुमति पाएका इन्धन ट्याङ्करमा लागू औषधको तस्करी हुने गरेको पाइएको छ ।

तस्करहरुले इन्धन बोक्ने ट्याङ्करको प्रयोग गरी लागू औषध तस्करी गर्ने गरेका भेटिएको हो । बुधबार राति ९ः३० बजेतिर मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा एउटा ट्याङ्करमा लागू औषध भेटिएको छ ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा ना ३ ख ६४६६ नम्बरको डिजेल लोड ट्याङ्करमा नियन्त्रित लागू औषध फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त ट्याङ्करको तेल निकाल्ने लकिङ्क बक्समा लुकाएर ल्याउँदै गरेको अवस्थामा लागू औषध विनसिरेक्स फेला परेको हो ।

प्रहरीले ट्याङ्करमा लुकाएर ल्याउँदै गरेको अवस्थामा विनसिरेक्स १०० मिलिलिटरका १५५ बोत्तल बरामद गरिएको जनाएको छ ।

प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा ट्याङ्करका चालक मकवानपुरको थाहा नगरपालिका–४ घर भइ हेटौंडा– ४ मा डेरा गरी बस्ने ३३ वर्षीय मानबहादुर थोकर र लागू औषध तस्करीमा संलग्न मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बस्ने ४५ वर्षीय सेते लामा छन् ।

प्रहरीले अवैध लागू औषध, ट्याङ्कर समेत दुई जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ३ : ०३ बजे

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले