प्रहरीबाट पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघद्वारा आपत्ति प्रकट « Khabarhub

प्रहरीबाट पत्रकारमाथि दुर्व्यवहार भएको घटनाप्रति महासंघद्वारा आपत्ति प्रकट


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार केशवराज जोशीमाथि प्रहरीबाट भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । वाह्खरी डटकमका पत्रकार जोशीमाथि बिहीबार बिहान लकडाउन कार्यान्वनका लागि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कार्यरत प्रहरीले दुर्व्यवहार गरेका थिए ।

पत्रकार महासंघका अनुसार कार्यालय जाने क्रममा भिडियो खिचिरहेका पत्रकार जोशीको परिचय पत्र थुत्दै प्रहीले करिब १० मिनेट होल्डमा राखेका थिए ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेको महासंघको ठहर छ । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

यस्तै, वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघले ध्यानाकषर्ण भएको जनाएको छ । चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै सार्वजनिकरुपमा विज्ञप्ति निकालेर धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ । महासंघ प्रेसविरुद्ध हुने यसखाले घटनाको कडारुपमा भर्त्सना गर्दै प्रेस स्वतन्त्रता सम्मान गर्न र यस्ता कार्य नदोर्‍याउन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, कोरोना भाइरस -कोभिड १९_ को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउन कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह गर्दछ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ४ : १७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले