प्रदेश १ मा ५ हजार ८९ जनामा कोरोनाको नमूना परीक्षण | Khabarhub Khabarhub

प्रदेश १ मा ५ हजार ८९ जनामा कोरोनाको नमूना परीक्षण


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ ।

यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार ल्याबमा स्वाब लगेर गरिने परीक्षण( पिसिआर) बाट १ हजार २ सय ८८ जनामा कोरोना भए नभएको परीक्षण भएको छ ।

तीमध्ये एक हजार २ सय ५० जनाको रिर्पो नेगेटिभ आएको छ । ३१ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या विहीबारसम्म कूल २ हजार ३ सय ३७ जना पुगेको छ । ३० जना डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३९ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ६ हजार १ सय ९९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ५ : ४२ बजे

संकटमा जुटेको सहकार्यबाट खुल्न थाले सरकारी कार्यालय 

काठमाडौं– युवाहरूको आन्दोलनपछि देशले निकास खोजिरहेको छ । सुरक्षा निकाय तथा

अड्कियो मन्त्रिपरिषद् विस्तार : भाग खोज्ने धेरै हुँदा प्रधानमन्त्रीलाई समस्या

काठमाडौँ- जेन-जी र अन्य समूहबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार अड्किएको

पाटनमा जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झना (तस्बिरहरू)

काठमाडौं- गत सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झना र

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा