विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा : आइएलओ | Khabarhub Khabarhub

विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा : आइएलओ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)ले कोभिड–१९ को संक्रमणले विश्वमा अनौपचारिक अर्थव्यवस्थाको करिब एक अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने चेताबनी दिएको छ ।

आइएलओले ‘कोभिड–१९ र कामको विश्व’बारेको तेस्रो अध्ययन संस्करणको प्रतिवेदन सार्वजनिक गर्दै यस प्रकारको चेताबनी दिएको हो । 

राष्ट्र संघीय संस्था आइएलओले विश्वका करिब चार करोडभन्दा बढी खुद्रा तथा औद्योगिक उत्पादन गर्ने निकाय अवरोधको अवस्थाबाट गुज्रिरहेको जनाएको छ ।

विश्वभरि करिब तीन अरब ३० करोड श्रमिक छन् । जसमध्ये करिब दुई अरब श्रमिकले अनौपचारिक अर्थव्यवस्थामा कार्यरत छन् ।

श्रम बजारमा सबैभन्दा बढी जोखिमपूर्ण अनौपचारिक अर्थव्यवस्थाका क्षेत्र हुन् । 

पीटीआइका अनुसार आइएलओले अनौपचारिक अर्थव्यवस्थाका करिब एक अर्ब ६० करोड श्रमिकले आर्थिक मन्दीको कारण जिविकोपार्जनको क्षमता गुमाएको र जिवन जिउन संकटको सामना गरिरहेको उल्लेख गरेको छ । 

आइएलओको अनुमान बमोजिम वैश्विक लकडाउनको पहिलो महिनामा यी क्षेत्रमा कार्यरत श्रमिकले आफ्नो आयको करिब ६० प्रतिशत गुमाएको छ ।

अफ्रिका र अमेरिकामा करिब ८० प्रतिशत, यूरोप र मध्य एशियामा ७० प्रतिशत र एशियामा २१.६ प्रतिशत आम्दानीमा ह्रास आएको हो । 

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : १७ बजे

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार