विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा : आइएलओ « Khabarhub

विश्वका एक अरब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा : आइएलओ


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय श्रमिक संगठन(आइएलओ)ले कोभिड–१९ को संक्रमणले विश्वमा अनौपचारिक अर्थव्यवस्थाको करिब एक अर्ब ६० करोड श्रमिकको जिविकोपार्जन खतरामा पर्ने चेताबनी दिएको छ ।

आइएलओले ‘कोभिड–१९ र कामको विश्व’बारेको तेस्रो अध्ययन संस्करणको प्रतिवेदन सार्वजनिक गर्दै यस प्रकारको चेताबनी दिएको हो । 

राष्ट्र संघीय संस्था आइएलओले विश्वका करिब चार करोडभन्दा बढी खुद्रा तथा औद्योगिक उत्पादन गर्ने निकाय अवरोधको अवस्थाबाट गुज्रिरहेको जनाएको छ ।

विश्वभरि करिब तीन अरब ३० करोड श्रमिक छन् । जसमध्ये करिब दुई अरब श्रमिकले अनौपचारिक अर्थव्यवस्थामा कार्यरत छन् ।

श्रम बजारमा सबैभन्दा बढी जोखिमपूर्ण अनौपचारिक अर्थव्यवस्थाका क्षेत्र हुन् । 

पीटीआइका अनुसार आइएलओले अनौपचारिक अर्थव्यवस्थाका करिब एक अर्ब ६० करोड श्रमिकले आर्थिक मन्दीको कारण जिविकोपार्जनको क्षमता गुमाएको र जिवन जिउन संकटको सामना गरिरहेको उल्लेख गरेको छ । 

आइएलओको अनुमान बमोजिम वैश्विक लकडाउनको पहिलो महिनामा यी क्षेत्रमा कार्यरत श्रमिकले आफ्नो आयको करिब ६० प्रतिशत गुमाएको छ ।

अफ्रिका र अमेरिकामा करिब ८० प्रतिशत, यूरोप र मध्य एशियामा ७० प्रतिशत र एशियामा २१.६ प्रतिशत आम्दानीमा ह्रास आएको हो । 

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ६ : १७ बजे

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई