ट्रेकिङ गर्न आएका विदेशी पर्यटकको उद्दार, भरिया भने अलपत्र « Khabarhub

ट्रेकिङ गर्न आएका विदेशी पर्यटकको उद्दार, भरिया भने अलपत्र


१८ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– मकालु हिमाल ट्रेकिङ गर्न विदेशी पर्यटकसँग आएका १५ भरिया संखुवासभाको सभापोखरीमा अलपत्र परेका छन् । विदेशी पर्यटकसँग मकालु हिमाल ट्रेकिङमा हिँडेका भरिया लक डाउनका कारण सङखुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रविसेमा अलपत्र परेका हुन् ।

उनीहरुसँग आएका अस्ट्रेलियाका दुई, क्यानडाका दूई र फ्रान्सका एक नागरिकको गत चैत १८ गते नै कैलाश एयरको हेलिकप्टरबाट उद्धार भइसकेको छ । उनीहरुसँग आएका विदेशी पर्यटक फर्किए पनि भरिया भने सभापोखरीमै अलपत्र परेका गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

उनीहरु अहिले गाउँपालिकाको प्रहरी चौकी नजिकै चउरमा टेन्ट बनाएर बसेका छन् । लकडाउनले अलपत्र परेका भरियाहरु सात जना तनहूँ र आठ जना काठमाडौंका छन् । उनीहरु ३६ दिनदेखि सभापोखरीमै अलपत्र परेका छन् ।

उनीहरुलाई गाउँपालिकाले राहत सामग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए । उनीहरु घर फर्किने पास नभएका कारण सभापोखरीको बाह्रविसेमै रोकिएको अध्यक्ष सुब्बाले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  ६ : ५० बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले