भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ६ सय नाघ्यो « Khabarhub

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ६ सय नाघ्यो


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको जनाएको छ ।

विहीबार साँझ समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ३३ हजार ६१० पुगेकाे छ । विहीबार मात्र थप ५४८ जना नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संंक्रमितहरूमध्ये ८ हजार ४३७ जना उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल २४ हजार ९४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचार भइरहेको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ९ हजार ९१५ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र यहाँ ४ हजार ८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा ३ हजार ४३९ कोरोना भाइरस सक्रमित रहेका छन् । भारतको राजस्थान, मध्यप्रदेश, तमिलनाडू, उत्तरप्रदेश, केरला राज्यमा कोरोना भाइरसको संक्रमण उच्च देखिएको छ ।

भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको बन्दाबन्दी (लकडाउन) लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा यस अघि नै गरिसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १० : ०५ बजे

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको