महिन्द्रा अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम सञ्चालन गर्ने « Khabarhub

महिन्द्रा अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम सञ्चालन गर्ने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अग्नि ग्रुपले अनलाइन सेवामार्फत् आजकल मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ ।

जसअन्तर्गत आगामी तीन दिन आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ ।

यो कार्यक्रम भोलि वैशाख १९ शुक्रबार देखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हुने ग्रुपले जनाएको छ ।
यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने विश्वास अग्नि ग्रुपले लिएको छ ।

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाद्वारा यो कार्यक्रमको सञ्चालन हुनेछ ।

अग्नी ग्रपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : १७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि