प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दले : अध्यक्ष राणा « Khabarhub

प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दले : अध्यक्ष राणा


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीमा हस्ताक्षर गन्ने प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दलेको बताएका छन् ।

भारी बहुमतको सरकार दिने जनताको पिडा बिर्सिएर सरकारले नालायकी प्रदर्शन गरेको उनले आरोप लगाए । कोरोना महामारीबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा पूर्ण केन्द्रीत रहने सत्ताशीन नेकपाले जनतासामु अक्षम्य अपराध गरेको राणाले बताए ।

‘इतिहासमै सर्वशक्तिशाली सरकार बनाइदिए जनताले । तर कोरोना भूलेका प्रधानमन्त्री हस्ताक्षर गन्नमै मग्न छन्’ उनले भने । ‘जनताको गाँस र बास कुन चरीको नाम, नेकपाको प्राथमिकता अध्यक्ष र प्रधानमन्त्रीको कुर्ची बनेको छ । यसले महामारीबाट जलीरहेको नेपाली मनमा घ्यू मात्र थपेको छ । यस्तो नालायकी, अपराध अक्षम्य छ ।’

राप्रपा अध्यक्ष राणाले ८० करोड रुपैयाँ बराबरको राहत बाडियो भन्ने सरकारको दावी व्यवहारमा लागू नभएको बताए । तीनै तहको सरकारले दीर्घ राहत र आर्थिक प्याकेज दिन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले ट्वीट गर्दै भने, ‘एक मूठी नून, एक पोका तेल, एक केजी बदाम, यस्तो कनिका छराई समाधान होइन । बन्दाबन्दी एक महिना कट्यो, सरकार निंद्राबाट ब्यूझिएको छैन । संघ, प्रदेश, स्थानीय सरकार, कतै दीर्घ राहत योजना बनेको छैन । विशेष बजेट छुटाइएको छैन ।’

उनले भने, ‘स्थानीय सरकार स्थानीय जनताको अभिभावक बन्न पूर्ण चुकेका छन् । अपवादबाहेक देशव्यापी अनुभव यही छ ।’

स्थानीय सरकारहरूले दलीय आधारमा राहत बाँडेको भन्दै उनले आपत्ति जनाए । राहत बाँडबाँड, बजेट विनियोजना पारदर्शी हुनु पर्ने उनको भनाइ छ ।

‘स्थानीय प्रतिनिधिहरू दलीय आधारमा आफ्नो विरानो गर्छन्, राहत वितरण गर्छन् । राहत रकमको परिचालन अपारदर्शी छ । यस्तै गल्ती कमजोरीका कारण कतिपय स्थानमा झडप र कुटपिटका अप्रिय अनुभव छ ।’

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : २३ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज