प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दले : अध्यक्ष राणा | Khabarhub Khabarhub

प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दले : अध्यक्ष राणा


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले महामारीमा हस्ताक्षर गन्ने प्रधानमन्त्रीले जनताको घाउमा नूनचूक दलेको बताएका छन् ।

भारी बहुमतको सरकार दिने जनताको पिडा बिर्सिएर सरकारले नालायकी प्रदर्शन गरेको उनले आरोप लगाए । कोरोना महामारीबीच पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा पूर्ण केन्द्रीत रहने सत्ताशीन नेकपाले जनतासामु अक्षम्य अपराध गरेको राणाले बताए ।

‘इतिहासमै सर्वशक्तिशाली सरकार बनाइदिए जनताले । तर कोरोना भूलेका प्रधानमन्त्री हस्ताक्षर गन्नमै मग्न छन्’ उनले भने । ‘जनताको गाँस र बास कुन चरीको नाम, नेकपाको प्राथमिकता अध्यक्ष र प्रधानमन्त्रीको कुर्ची बनेको छ । यसले महामारीबाट जलीरहेको नेपाली मनमा घ्यू मात्र थपेको छ । यस्तो नालायकी, अपराध अक्षम्य छ ।’

राप्रपा अध्यक्ष राणाले ८० करोड रुपैयाँ बराबरको राहत बाडियो भन्ने सरकारको दावी व्यवहारमा लागू नभएको बताए । तीनै तहको सरकारले दीर्घ राहत र आर्थिक प्याकेज दिन नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले ट्वीट गर्दै भने, ‘एक मूठी नून, एक पोका तेल, एक केजी बदाम, यस्तो कनिका छराई समाधान होइन । बन्दाबन्दी एक महिना कट्यो, सरकार निंद्राबाट ब्यूझिएको छैन । संघ, प्रदेश, स्थानीय सरकार, कतै दीर्घ राहत योजना बनेको छैन । विशेष बजेट छुटाइएको छैन ।’

उनले भने, ‘स्थानीय सरकार स्थानीय जनताको अभिभावक बन्न पूर्ण चुकेका छन् । अपवादबाहेक देशव्यापी अनुभव यही छ ।’

स्थानीय सरकारहरूले दलीय आधारमा राहत बाँडेको भन्दै उनले आपत्ति जनाए । राहत बाँडबाँड, बजेट विनियोजना पारदर्शी हुनु पर्ने उनको भनाइ छ ।

‘स्थानीय प्रतिनिधिहरू दलीय आधारमा आफ्नो विरानो गर्छन्, राहत वितरण गर्छन् । राहत रकमको परिचालन अपारदर्शी छ । यस्तै गल्ती कमजोरीका कारण कतिपय स्थानमा झडप र कुटपिटका अप्रिय अनुभव छ ।’

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : २३ बजे

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

काठमाडौं– इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै