यातायातमन्त्री नेम्वाङले शुरु गरे नीति तथा कार्यक्रम र बजेट माथिको छलफल « Khabarhub

यातायातमन्त्री नेम्वाङले शुरु गरे नीति तथा कार्यक्रम र बजेट माथिको छलफल


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल शुरु गरेका छन् ।

मन्त्री नेम्वाङले आव २०७७/७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग छलफल शुरु गरेका हुन् । उनले कोभिड–१९ सङ्क्रमणको त्रास भएकाले मन्त्रालयमा सामाजिक दुरी कायम गर्दै छलफल शुरु गरेका हुन् ।

मन्त्री नेम्वाङले बुधबार र बिहीबार दुवै दिन छलफल गरेका थिए । उनले बुधबार प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए । बिहीबार उनले प्रदेश नं १, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी सांसदहरुले कोरोनाको कहरबीच आउन लागेको बजेटमा भौतिक पूर्वाधारका क्षेत्रलाई कसरी प्रभावकारी रुपमा समेट्ने लगायतका विषयमा सुझाव राखेका थिए । उनीहरुले राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता दिइनुपर्ने बताएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग

बासी खाना खुवाउने होटललाई २५ हजार रुपैयाँ जरिवाना

दाङ– यात्रुलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल