यातायातमन्त्री नेम्वाङले शुरु गरे नीति तथा कार्यक्रम र बजेट माथिको छलफल | Khabarhub Khabarhub

यातायातमन्त्री नेम्वाङले शुरु गरे नीति तथा कार्यक्रम र बजेट माथिको छलफल


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटमाथि छलफल शुरु गरेका छन् ।

मन्त्री नेम्वाङले आव २०७७/७८ का नीति तथा कार्यक्रम र बजेटसम्बन्धी पूर्वमन्त्री, प्रतिनिधसभाका सांसद र प्रदेश सदस्यहरुसँग छलफल शुरु गरेका हुन् । उनले कोभिड–१९ सङ्क्रमणको त्रास भएकाले मन्त्रालयमा सामाजिक दुरी कायम गर्दै छलफल शुरु गरेका हुन् ।

मन्त्री नेम्वाङले बुधबार र बिहीबार दुवै दिन छलफल गरेका थिए । उनले बुधबार प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका सांसदसँग छलफल गरेका थिए । बिहीबार उनले प्रदेश नं १, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।

छलफलमा सहभागी सांसदहरुले कोरोनाको कहरबीच आउन लागेको बजेटमा भौतिक पूर्वाधारका क्षेत्रलाई कसरी प्रभावकारी रुपमा समेट्ने लगायतका विषयमा सुझाव राखेका थिए । उनीहरुले राष्ट्रिय गौरबका आयोजनालाई प्राथमिकता दिइनुपर्ने बताएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

युक्रेनमा आक्रमण जारी राख्नुबाहेक कुनै विकल्प छैन : रुस 

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘कागजी बाघ’ भनेको दाबीलाई

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं

जेन-जीका नाममा घेर्न थालेपछि एकै ठाउँ दलनिकट ट्रेड युनियन, मुख्य सचिवसँग लगाए गुहार

काठमाडौं- सार्वजनिक प्रशासन रूपान्तरणका नाममा निजामती कर्मचारीमा पनि जेन-जी आन्दोलन

प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री खनाल

मोरङ– अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना

भारतको लद्दाखमा नेपालकै शैलीमा प्रदर्शन : भाजपाको कार्यालय र प्रहरीको गाडी जलाइयो

लेह- लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन मागसहित नेपालकै शैलीमा प्रदर्शन