एक महिनाको छुट दिइ ‘लकडाउन’ अबधिभर घरभाडा नमाग्न सरकारको आग्रह « Khabarhub

एक महिनाको छुट दिइ ‘लकडाउन’ अबधिभर घरभाडा नमाग्न सरकारको आग्रह


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शहरी क्षेत्रमा घरभाडामा बस्नेहरुको एक महिनाको भाडा छुट दिइ ‘लकडाउन’ अवधिभर भाडा नमाग्न सबै घरधनीलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्न सरकारले लागू गरेको लकडाउन अवधिभरको घर भाडा नमाग्न सरकारले आग्रह गरेको हो।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले विपतको बेला घरभाडा नलिएर घरधनीहरुलाई मानवियता दर्शाउन आग्रह गरेका हुन् ।

उनले कोभिड–१९ को विषम परिस्थिति सहज भएपछि माग्न अनुरोध गरेको हो ।

त्यस्तै, सरकारले एक महिनाको घरभाडाको छुट दिन समेत संबन्धित घरधनीहरुलाई अपिल गरेको छ ।

यदि त्यसो नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने जनाएको छ । यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : २१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल