‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने « Khabarhub

‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन अवधिको बिजुली, टेलिकमकाे इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ।

१४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसंचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ 

त्यस्तै नेपाल विद्युत प्राधिकरणले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ। 

त्यस्तै मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ । 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेल लगायतका खाद्य सामग्रीको हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिने र सबै कृषि उपजको खरिद किसानबाट गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ८ : ४८ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग