भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ | Khabarhub Khabarhub

भक्तपुरमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको मध्यपुरठिमीमा बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर भई भक्तपुरको नगदेशमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ छन् ।

महनगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार, उनलाई शनिबार बिहान करिब सवा २ बजेतिर एटिएम मेसिन फुटाउँदै गर्दा पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) बरामद गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ७ : ३० बजे

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं– काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान

गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा

मनिस अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं – वैशाखको चर्को घाम, सायद

आईपीएल : आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलुरु

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका