कर्णालीमा थप १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६० पुग्यो « Khabarhub

कर्णालीमा थप १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६० पुग्यो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनले जानकारी दिए ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक, वडा नं ३ का एक, वडा नं ४ का तीन, वडा नं ६ का एक, वडा नं ८ का दुई, वडा नं ९ का दुई, वडा नं १० का दुई र वडा नं ११ का दुई जना छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

क्वारेन्टाइनमा रहेका एकको मृत्यु 

यसैबीच दैलेखको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ।

भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका ती युवकको शनिबार बिहान मृत्यु भएको हो।

बिहानको खाजा खाएर आराम लागि सुतेका उनी केही समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ।

३५ वर्षीय मृतक कर्ण थापा दुल्लु नगरपालिका–११ कालभैरवका रहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १२ : ४५ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने