कर्णालीमा थप १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६० पुग्यो « Khabarhub

कर्णालीमा थप १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६० पुग्यो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनले जानकारी दिए ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एक, वडा नं ३ का एक, वडा नं ४ का तीन, वडा नं ६ का एक, वडा नं ८ का दुई, वडा नं ९ का दुई, वडा नं १० का दुई र वडा नं ११ का दुई जना छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ ।

क्वारेन्टाइनमा रहेका एकको मृत्यु 

यसैबीच दैलेखको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएको छ।

भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका ती युवकको शनिबार बिहान मृत्यु भएको हो।

बिहानको खाजा खाएर आराम लागि सुतेका उनी केही समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ।

३५ वर्षीय मृतक कर्ण थापा दुल्लु नगरपालिका–११ कालभैरवका रहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १२ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल