क्वारेन्टाइनमा तनाव व्यवस्थापनका लागि योगाभ्यास | Khabarhub Khabarhub

क्वारेन्टाइनमा तनाव व्यवस्थापनका लागि योगाभ्यास


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माडी नगरपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिइएको छ । माडीका चारवटा क्वारेन्टाइनमा रहेका १५३ जनालाई तनाव व्यवस्थापनका लागि प्रशिक्षण दिइएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले माडीको सोमेश्वर मावि, माडी क्याम्पस, दिवाकर स्मृति विद्यालय र आधारभूत विद्यालय गोविन्दबस्तीको क्वारेन्टाइनमा रहेका उनीहरुलाई तालिम दिइएको हो ।

जिल्ला बाहिरबाट आएका र विदेशबाट आएर सार्वजनिक क्वारेन्टाइनमा रहेका उनीहरुलाई योग प्रशिक्षण दिइएको नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा रहेकालाई रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधिसमेत वितरण गरिएको बताए ।

माडी आयुर्वेद औषधालय र नगरपालिकाको समन्वय एवं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा तनाव व्यवस्थापनका लागि तालिम र योग प्रशिक्षण दिइएको हो । औषधालयका प्रमुख रविशङ्कर शाहका अनुसार उनीहरुलाई रोग प्रतिरोधात्मक जडीबुटी औषधि निःशुल्क वितरण गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा कोपिला अधिकारीले हरेक दिन क्वारेन्टाइनमा रहेकालाई योग प्रशिक्षण दिन शुरु गरिएको बताए । उनीहरुलाई हरेक दिन बिहान १ घण्टा सुधा कोइरालाले प्रशिक्षण दिनेछिन । यस नगरपालिकामा १२ स्थानमा क्वारेन्टाइन रहेका छन् । यसमध्ये हाल चारवटा क्वारेन्टाइनमा विदेशबाट आएकालाई राखिएको छ ।

क्वारेन्टाइनमा बस्दा मानसिक र शारिरिक रुपमा सन्तुलन कायम गर्नका लागि निःशुल्क रुपमा योग प्रशिक्षण गराउन थालेको उनले बताए ।

क्वारेन्टाइनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र उत्प्रेरणाले रोगबिरुद्ध लड्ने क्षमता बढाउन मद्दत पुग्ने उनको भनाइ छ । ‘क्वारेन्टाइनमा बस्दा मानिसहरु एक्लै हुने र मानसिक रुपमा समेत विचलन आउन सक्छ’ अधिकारीले भने ‘योगाभ्यासले उनीहरुमा सकारात्मक सोच तथा दिनचर्या राम्रोसँग बिताउन मद्दत पुग्नेछ ।’

कोरोना कहरसँगै बन्दाबन्दी थप हुँदै गएको वर्तमान अवस्थामा उत्पन्न विभिन्न किसिमका मानसिक तनावबाट अलग रहनसमेत सहयोग पुग्ने विश्वासका साथ योगाभ्यास सञ्चालन गरिएको बताइएको छ ।

क्वारेन्टाइनमा बस्दै आएका मानिसको रोगसँग लड्ने क्षमताको विकास गर्दै उनीहरुको बढाई सकारात्मक सोचको विकास गर्न योगाभ्यासको भूमिका महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

माडीको सोमेश्वर माविको क्वारेन्टाइनमा बसेका ७० जना, माडी क्याम्पसका बसेका १० जना, दिवाकर स्मृति विद्यालयमा बसेका ४९ जना र आधारभूत विद्यालय गोविन्द बस्तीमा बसेका २४ जना गरी १५३ जनालाई प्रशिक्षण तथा औषधि वितरण गरिएको हो ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  २ : ४६ बजे

एकै वर्ष छापियो ३५ करोड ३७ लाख थान नयाँ नोट

काठमाडौं – नेपाल राष्ट्र बैंकले एकै वर्ष ३५ करोड ३७

उपनिर्वाचन : मोरङको ग्रामथान गाँउपालिका अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको

ऋणी नभएपछि एकै वर्ष ४६ खर्ब ७३ अर्ब तरलता प्रशोचन

काठमाडौं – आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी

पोखराका प्रेमप्रसादको एकीकृत कृषि 

गण्डकी– पोखरा महानगरपालिका–२४ लौरुकका किसान प्रेमप्रसाद अधिकारीका फार्ममा उत्पादन भएका