लकडाउनमा दिनभर घरमा हुँदा पनि किन निन्द्रा लाग्दैन ? « Khabarhub

लकडाउनमा दिनभर घरमा हुँदा पनि किन निन्द्रा लाग्दैन ?


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहान उठ्यो, अफिस गयो, दिनभरी काम गर्‍यो र साझँ घर आयो । यो वर्षौदेखिको तपाई हाम्रो दैनिकी थियो । तर लकडाउनले यसलाई बिगारिदियो ।

अब घर भित्र रहनु, वल्लोपल्लो कोठा चहार्नु नै दैनिकी बनेको छ । दिनभर बसेर मोवाइल/कम्प्युटर चलाउनु, टेलिभिजन हेर्नु अनि अबेर रातसम्म नसुत्नु दैनिकी बनको छ ।

जसका कारण पर्याप्त समय भएर पनि घरभित्रै मानिसले पर्याप्त निदाउन पाएका छैनन् । आखिर किन मानिसमा लकडाउनमा घरभित्रै रहदाँ पनि सहजै निन्द्रा पर्दैन ।

कोरोना भाइरसको प्रत्यक्ष असर अलावा मानिसको स्वास्थ्यमा तनाव, बैचनीलगायतका समस्याहरु देखा परेको छ । जसको शुरुवाति लक्षण निन्द्रासँग सम्बन्धित छ । यसरी निन्द्रामा आएको समस्यालाई चिकित्सकहरु कोरोना संक्रमण, लकडाउन र त्यसले थपेको चिन्तालाई कारक मान्दछन् ।

मेडिकल विशेषज्ञका अनुसार निन्द्रा गडबडी हुनुको प्रमुख कारण मानिसको सोचाई र अस्तब्यस्त जीवनशैली नै हो । उनीहरुका अनुसार लकडाउनको अवधिमा मानिसमा अनिन्द्रा वा इन्सोम्निया (निन्द्रा कम लाग्ने) लगायतको समस्या बढेको छ ।

अहिलेको अवस्थामा मानिसलाई निन्द्रा नपर्नुको मुख्य कारण भनेको ब्यवसायिक वा कार्यालयको काम बारेको चिन्ता हो । लकडाउनका कारण अबको दिनमा के हुन्छ ? काम कसरी गर्ने ? कस्तो हुन्छ अबको आम्दानीको पाटो लगायतको कारणले पनि मानिस सोच मग्न हुदाँ निन्द्रा नपरेको चिकित्सकहरु बताउँछन् ।

घरमा पर्याप्त समय हुदाँ पनि मानिसमा निन्द्रा नपर्नु, छिनछिनमा निन्द्रा टुट्नु, अबेर रातिसम्म निन्द्रा नलाग्नुको प्रत्यक्ष कारण खराब जीवनशैलीका साथ साथै मानसिक कारण भएको चिकित्सकको भनाई छ । यसलाई तत्काल कुनै उपचार भन्दापनि कोरोनाका कारण मनमा भएको भय कम गर्ने, ब्यवसायिक वा कार्यालयको कामबारे कम सोच्ने तथा जीवनशैली सुधारेर लान चिकित्सकहरु सुझाव दिन्छन् ।

यदि पर्याप्त निन्द्रा पुगिरहेको छैन भने, बिहान सबेरै उठेर घरभित्रैको परिसरमा शारीरिक व्यायाम गर्ने, बिहान खाजामा फलफुल समावेश गर्ने, शरीरमा थकान पुग्ने शारीरिक काम गर्ने, मोवाइल, कम्प्युटर वा टेलिभिजनबाट टाढा रहने घरका काममा ब्यस्त रहने तथा दिउँसो नसुत्ने गरेमा केहि दिन भित्र पर्याप्त निन्द्रापुग्ने चिकित्सक सुझाव दिन्छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : ०२ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने