नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ४०१ पुगेको जानकारी दिएका हुन् । डा देवकोटाका अनुसार नयाँ थपिएका संक्रमित मध्ये १ सय ८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं मा गरिएको परीक्षणमा १ सय २४ जनाको पोजेटि भएको छ । उनीहरुमध्ये धनुषाका ७ जना २० देखि ४२ वर्ष उमेर समुहका पुरुष रहेका छन् । यस्तै झापाका एक जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । यस्तै ललितपुरकी एक जना २३ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार महोत्तरीको ४ जना २५ देखि ५५ वर्षीय पुरुषहरु, रौतहटका ६ जना १८ देखि ४५ वर्षीय पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु र सिराहाका ११ जना १७ देखि ४० वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।

डा देवकोटाको अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तुको यशोधराका १६ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ । उनीहरु सप्तरीका १८ देखि २८ वर्षका एक जना महिला र ८ जना पुरुष रहेका छन् ।

डा देवकोटाका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ । उनीहरु विजयनगर कपिलवस्तुका २६ देखि ५२ वर्ष उमेर भित्रका ३ जना हापुरे दाङका एकजना ३० वर्षीय पुरुष, बगलाचुरी दाङको ४ जना २७ देखि ३८ वर्षीय पुरुष र २८ वर्षीया एकजना महिला रहेकी छन् ।

यसैगरी नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ जनामा पोजेटिभ आएको छ । उनीहरु बाराहर्दियाका २४ वर्षीय पुरुष, पर्सा बसौनीका २ जना १८ र ६० वर्षीया महिला रहेका छन् । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनाको पनि कोरोना पोजेटिभ आएको छ । उनीहरु सबैजना दैलेखका १४ देखि ५० वर्ष उमेर भित्रका पुरुषहरु रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा २ जनाको पोजेटिभ आएको छ । उनीहरु संखुवासभा खादबारीका एकजना २३ वर्षीय पुरुष र संखुवासभाकै पाँचकपनका २२ वर्षीय पुरुष रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार ४ सय १ पुगेको छ । जसमध्ये १ हजार २ सय ८८ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् । उनीहरुमध्ये २ सय १९ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म २१९ पुगेको छ । १७२ जना पुरुष र ४७ महिला रहेका छन् । हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७२९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २५७५ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ४ : २७ बजे

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न