थप १३ जना डिस्चार्ज, नेपालमा हालसम्म २१९ जना कोरोना संक्रमित निको भए « Khabarhub

थप १३ जना डिस्चार्ज, नेपालमा हालसम्म २१९ जना कोरोना संक्रमित निको भए


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टाको अवधिमा १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।

योसँगै हालसम्म निको हुनेको संख्या  २१९ पुगेको छ । जसमा १७२ जना पुरुष र ४७ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा रहेका कोरोना संक्रमितमध्ये ११ जना निको भएका छन्। डिस्चार्ज हुनेमा मकवानपुरका ७ वर्षीय बालक, भक्तपुर नगरपालिका-५ का ४२ वर्षीय पुरुष, एक डाक्टर र एक नर्स पनि छन्।

मन्त्रालयका अनुसार हालसम्म ५३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७२९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्य पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २५७५ जनाको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ४ : ४८ बजे

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका