भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा « Khabarhub

भारतबाट नेपाल आएका ८२८ जना क्वारेन्टिनमा


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- भारतबाट आएका ८२८ जनालाई क्वारेन्टिनमा राखिएको छ । भारतको विभिन्न ठाउँबाट लुकीछिपी जिल्लामा फर्किएका उनीहरुलाई बागलुङका विभिन्न क्वारेन्टिनमा राखिएको हो ।

गएको साता भारतबाट जिल्ला भित्रिएका ८२८ जनालाई जिल्लाका ८० वटा क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार बागलुङको बडिगाड गाउँपालिकाकास्थित क्वारेन्टिनमा सबैभन्दा बढी २५९ व्यक्तिलाई राखिएको छ भने सबैभन्दा कम १४ जना तमानखोला गाउँपालिकास्थित क्वारेन्टिनमा राखिएको छ ।

यसैगरी ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा १७३, निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा १४४, बागलुङ नगरपालिकाको क्वारेन्टिनमा ४३, काठेखोला गाउँपालिकाको क्वारेन्टिनमा ३८, बरेङ गाउँपालिकाको क्वारेन्टिनमा ३८, ताराखोला गाउँपालिकाको क्वारेन्टिनमा ४२, जैमिनी नगरपालिकाको क्वारेन्टिनमा २४ र गलकोट नगरपालिकाको क्वारेन्टिनमा ५५ जना छन् ।

गत बुधबार क्वारेन्टिनमै रहेका तमानखोलाका चार र बडिगाडका दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित धवलागिरि अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । क्वारेन्टिनमा बसेको पाँच दिन पुगेपछि थप व्यक्तिको कारोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । बडिगाडका ३१ जनाको स्वाब पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा रिपोर्ट आउन बाँकी छ ।

निसीखोलाका ३८, जैमिनीका ६ र बागलुङ नगरपालिकाका पाँचजनाको स्वाब जाँचका लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । तमानखोला र बडिगाडका सङ्क्रमितको ‘कन्ट्र्याक्ट ट्रेसिङ’ गर्ने कामसमेत शुरु भएको उनको भनाइ छ । “क्वारेन्टिन व्यवस्थापन र पिसिआर परीक्षणमै बढी केन्द्रित छौँ”, प्रमुख गुरौले भने, “भारतबाट आउने क्रम बढेसँगै सङ्क्रमण बढ्ने जोखिम छ ।” भारतबाट आउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

बडिगाड गाउँपालिकामा मात्र ५०० जनाभन्दा बढी भारतबाट आउने आँकलन गरिएको छ । तेस्रो मुलुकमा रहेका नागरिक पनि आउन थाले त्यो सङ्ख्या झनै बढ्नेछ । स्थानीय तहका लागि क्वारेन्टिन विस्तारसँगै गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने बताए । बडिगाडका क्वारेन्टिनमा रहेकामध्ये जम्मा आठजनामा गरिएको जाँचमा दुईजना सङ्क्रमित भेटिएका थिए ।

“भारतबाट आउनेको सङ्ख्या दैनिक बढेको छ, बडिगाड कोरोनाको उच्च जोखिममा छ”, अध्यक्ष पाइजाले भने । ५६ दिनपछि बुुधबार जिल्लामा ६ जना नयाँ सङ्क्रमित फेला परेका हुन् । त्यसअघि गत चैत १५ र २० गते भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । उनीहरु दुवैजना चैत ४ मा बेल्जियमबाट आएका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : २५ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने