कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश « Khabarhub

कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी  केन्द्रीय समिति बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्न प्रस्ताव पेश भएको हो ।

सरकारले जारी गरेको नेपालको पूर्ण नक्साको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशित गर्ने प्रस्ताव महामन्त्री पूर्ण बहादुर खड्काले बैठकमा पेश गरेका हुन्।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नक्सा सार्वजनिक भएसँगै निशान छापका लागि संविधान संशोधन गर्नुपर्ने अवस्था छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा महामन्त्री खड्काको प्रस्ताव उद्धृत गर्दै भने, ‘सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’

जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। संविधान संशोधनको पक्षमा निर्णय गरी बैठक आइतबार नै सकिने केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : ४० बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले