कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश « Khabarhub

कांग्रेस बैठकमा संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव पेश


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी  केन्द्रीय समिति बैठकमा संविधान संशोधनका पक्षमा मतदान गर्न प्रस्ताव पेश भएको हो ।

सरकारले जारी गरेको नेपालको पूर्ण नक्साको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशित गर्ने प्रस्ताव महामन्त्री पूर्ण बहादुर खड्काले बैठकमा पेश गरेका हुन्।

कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नक्सा सार्वजनिक भएसँगै निशान छापका लागि संविधान संशोधन गर्नुपर्ने अवस्था छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा महामन्त्री खड्काको प्रस्ताव उद्धृत गर्दै भने, ‘सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ।’

जारी बैठकमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन्। संविधान संशोधनको पक्षमा निर्णय गरी बैठक आइतबार नै सकिने केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ५ : ४० बजे

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि