भारतमा लकडाउन थप एक महिना बढाइयो, संक्रमण नदेखिएका ठाउँमा खुकुलो « Khabarhub

भारतमा लकडाउन थप एक महिना बढाइयो, संक्रमण नदेखिएका ठाउँमा खुकुलो


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर छुट दिइएको छ । संक्रमण भेटिएको क्षेत्र (कन्टेन्मेन्ट जोन) बाहिरका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ ।

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । यो चरणलाई ‘अनलक–१’भनिएको छ ।

त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेजलगायतका शिक्षण संस्थाहरु राज्य सरकारहरुसँगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तर्राष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटरलगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ८ : २४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग