विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषदमा छलफल « Khabarhub

विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषदमा छलफल


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा अलपत्र नेपाली ल्याउने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो। बैठकमा विदेशका नेपाली ल्याउन सरकारले गरेको तयारी र थप व्यवस्थापनको विषयमा छलफल भइरहेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ।

विदेशमा भिसाको म्याद सकिएका, अलपत्र परेका र रोजगारी गुमेका नेपालीलाई आवश्यकता हेरेर स्वदेश फर्काउने सरकारको तयारी छ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ०३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु