संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय « Khabarhub

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज पार्टी कार्यालयमा राति अबेर सकिएको केन्द्रीय समिति बैठकले नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाउन लागि संसदमा पेश हुने संशोधन विधेयकको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

दिउँसो २ बजेदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा बजेट, कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि चाल्नुपर्ने कदलम लगाएतका विषयमा छलफल भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसोबाट शुरु भएको केन्द्रीय समिति बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा र त्यही नक्साअनुसारको निशान चिन्ह बनाउने संविधान संशोधनको प्रस्तावमाथिको केन्द्रीय समिति बैठकमा छलफल भएको थियो ।

कांग्रेस महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा सरकारले संसदमा पेश गर्ने संशोधन प्रस्तावका पक्षमा कांग्रेस संसदीय दललाई निर्देशन दिने एजेण्डा राखिएको थियो ।

केन्द्रीय समिति बैठकमा नेताहरुले सरकारले संसदमा ल्याउने संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा राखेका थिए ।

यसअघि कांग्रेसको पदाधिकारी बैठकले संशोधन प्रस्ताव सकारात्मक रहेको र कांग्रेस संशोधनका पक्षमा रहेको भएपनि केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै आजका लागि बैठक बोलाइएको थियो ।

कांग्रेसले औपचारिक निर्णय गरेसँगै भोलि संसदमा पेश हुने संविधान संशोधन विधेयकका पक्षमा दुई तिहाई मत पुग्नेछ ।

संसद सचिवालयले भोलि दिउँसोका लागि बोलाइएको प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने विषय राखेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  १० : ४५ बजे

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिक संस्था र व्यक्तिसँग

तोलामा तीन हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै नेपाली बजारमा सुनको