फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोनलाई भ्रष्टाचार मुद्दामा ५ वर्षको जेल सजाय « Khabarhub

फ्रान्सका पूर्वप्रधानमन्त्री फिलोनलाई भ्रष्टाचार मुद्दामा ५ वर्षको जेल सजाय


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलोनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाइएको छ ।

फिलोनकी पत्नी पेनेलोपलेसमेत सार्वजनिक कोषको १० लाख यूरोभन्दा बढी रकम दुरूपयोग गरेको अभियोगमा पेरिस अदालतले  ३ वर्ष जेल सजाय सुनाएको छ । यसअतिरिक्त उनीहरू दुवै जनालाई ३ लाख ७५ हजार यूरो जरिवानाको फैसला सुनाइएको हो ।

यस्तै गैह्रकानूनीरूपमा लिएको १० लाख यूरो राष्ट्रियसभालाई फिर्ता गर्नु पर्ने पनि अदालतको फैसलामा उल्लेख छ ।

पेनेलोपले फिलोन प्रधानमन्त्री रहेका समय संसदीय सहायकको रूपमा एक व्यक्तिको नाममा नक्कली जागिर सिर्जना गरी त्यसबापत रकम लिएको आरोप लागेको थियो ।

यसैप्रकरणपछि उनी सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा फिलोन  चुनावी अभियानबाट पछि हटेका थिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ०३ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको