कोरोना महामारीको अझै खराब अवस्था आउने डब्ल्युएचओको चेतावनी | Khabarhub Khabarhub

कोरोना महामारीको अझै खराब अवस्था आउने डब्ल्युएचओको चेतावनी


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अझै खराब अवस्था निम्त्याउने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि  सही नीति अवलम्बन नगर्दा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने चेतावनी दिएका हुन् ।

महामारी नियन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टिन नै उपयुक्त उपाय भएको उनको सुझाव छ ।

‘हामी सबै जीवन जिउन चाहन्छौँ । तर कठीन सत्य यो हो कि, महामारी अन्त्य हुने सम्भावनाको नजिक पनि छैन,’ टेडरोजले सोमबारको ब्रिफिङमा भने ।

कोरोना भाइरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो । त्यसयता विभिन्न मुलुकहरूले महामारी फैलन नदिन लगाएको भ्रमण प्रतिबन्ध  तथा लकडाउन खुकुलो बनाउँदै सामान्य अवस्थाझैँ दैनिक गतिविधि अगाडि बढाउँदै लगेका छन् ।

ईयूले समेत जुलाई १ देखि विभिन्न १४ मुलुकलाई सुरक्षित देशको सूचिमा राख्दै यात्रा प्रतिबन्ध फुकुवा गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ८ : २६ बजे

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र