कप्तानको जिम्मेवारीले खेलमा असर गर्दैन – वेन स्टोक « Khabarhub

कप्तानको जिम्मेवारीले खेलमा असर गर्दैन – वेन स्टोक


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डका अलराउण्डर वेन स्टोकले वेष्ट इन्डिजविरुद्धको टेस्ट सिरीजमा कप्तानी पाउनु सम्मानको कुरा भएको बताएका छन् ।

अहिलेसम्म कप्तान बन्नेबारे नसोचेको बताएका स्टोकले टोलीको नेतृत्व पाउँनु ‘ठूलो सम्मान’ भएको बताएका छन् ।

नियमित कप्तान जोय रुट आफ्नो दोस्रो सन्तानको जन्मपछि केही समय टोली बाहिर रहने भएपछि उपकप्तान स्टोकले कप्तानी पाउने सम्भावना बलियो रहेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीको जोखिमकाबीच  सुरू हुन लागेको इङ्ग्ल्यान्ड – वेष्ट इन्डिज सिरीजमा रुट सहभागी नभए आफू कप्तानका लागि तयार रहेको स्टोकले बताएका छन् । तर, पनि उनी बोर्डको निर्णय कुरी रहेका छन् ।

इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजले तीन खेलको सिरीज खेल्ने तय भएको छ ।

‘अहिलेसम्म यसबारे मैले सोचेको छैन,’ स्टोकलाई उदृत गर्दै आईसीसीले लेखेको छ,‘अहिले मेरो लागि सिरीजको तयारी गर्नु महत्वपूर्ण कुरा हो । हामी पहिलो टेस्टलाई दुई वा तीन दिनसम्म लैजाने योजनामा छौं ।’

टिमका सबै सदस्य खेलाडीहरुबाट आइडिया लिएर मैदानमा उपस्थित हुने योजना रहेको उपकप्तान स्टोकले बताएका छन् ।

कप्तानको जिम्मेवारीमा रहँदा पनि खेलमा कुनै असर नपर्ने स्टोकले बताएका छन् । ‘म सधै एउटा उदाहरण सेट गर्न चहान्छु प्रतिवद्धता पूरा गर्न,’ स्टोकले थपे, ‘यदि मैले टोलीको नेतृत्व गर्नु परे खेलमा कुनै असर गर्ने छैन ।’

टेस्ट सिरीज जुलाई ८ बाट १२ सम्म रोज बल क्रिकेट मैदानमा सुरू हुँदैछ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ९ : १७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण