सुशान्त आत्महत्या प्रकरण : मुम्बई प्रहरीले पठायो ट्वीटरलाई पत्र « Khabarhub

सुशान्त आत्महत्या प्रकरण : मुम्बई प्रहरीले पठायो ट्वीटरलाई पत्र


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे थप अनुसन्धान गर्न मुम्बई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरलाई एक पत्र पठाएको छ । प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेडर्क मागेको छ ।

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । प्रहरीले आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरेको जनाइएको छ ।

प्रहरीले परिवारका सदस्य, साथीहरु र व्यावसायिक जीवनसँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिसकेको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले केही ट्वीट पोस्ट गरेर हटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुशान्तको एक ट्वीटको स्क्रिनशट सामाजिक सञ्जालमा शेयर भइरहेको छ । उक्त ट्वीट वास्तविक हो या फेक हो भनेर पनि प्रहरीले प्रमाण जुटाउन थालेको छ ।

मुम्बई प्रहरीका अनुसार सुशान्तले किन आत्महत्या गरे भन्नेबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ४९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र