सुशान्त आत्महत्या प्रकरण : मुम्बई प्रहरीले पठायो ट्वीटरलाई पत्र « Khabarhub

सुशान्त आत्महत्या प्रकरण : मुम्बई प्रहरीले पठायो ट्वीटरलाई पत्र


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे थप अनुसन्धान गर्न मुम्बई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरलाई एक पत्र पठाएको छ । प्रहरीले सुशान्तको ६ महिनाको ट्वीटर रेडर्क मागेको छ ।

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको देखिएको छ । प्रहरीले आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरेको जनाइएको छ ।

प्रहरीले परिवारका सदस्य, साथीहरु र व्यावसायिक जीवनसँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ गरिसकेको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा पहिले केही ट्वीट पोस्ट गरेर हटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सुशान्तको एक ट्वीटको स्क्रिनशट सामाजिक सञ्जालमा शेयर भइरहेको छ । उक्त ट्वीट वास्तविक हो या फेक हो भनेर पनि प्रहरीले प्रमाण जुटाउन थालेको छ ।

मुम्बई प्रहरीका अनुसार सुशान्तले किन आत्महत्या गरे भन्नेबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ११ : ४९ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण