साम्राज्ञीले उठाएको ‘गम्भीर बहस'मा अरु नायिकाहरु किन मौन छन् ? | Khabarhub Khabarhub

साम्राज्ञीले उठाएको ‘गम्भीर बहस’मा अरु नायिकाहरु किन मौन छन् ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले करिअरका शुरुवाती दिनमा आफू दुर्व्यवहारमा परेको खुलासा गरेकी छिन् । उनले बारम्बार आफू  दुर्व्यवहारमा परेको बताएपछि यो मुद्दा चर्चामा छ ।

साम्राज्ञीले फिल्मकर्मीको नाम नखुलाई फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको बताएकी थिइन् । तर, साम्राज्ञीको भनाइपछि अभिनेता तथा निर्माता भुवन केसीले असहमति जनाउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ टिप्पणी गरेका थिए ।

भुवनको अभिव्यक्तिले साम्राज्ञी आफ्नो डेब्यु फिल्म ‘ड्रिम्स’ बाट हिट भएको तर यही फिल्मका मेकरलाई गाली गरेको बुझाउँथ्यो । भुवनले साम्राज्ञीलाई अभिनयसम्म गर्न नजान्ने भन्दै आरोप लगाएपछि यी दुईको सामाजिक सञ्जालमै सानोतिनो दोहोरी चल्यो ।

साम्राज्ञीले पुनः अर्को जवाफी भिडियोमार्फत जापान अवार्डका क्रममा एक निर्माताले गाला टाँसेर बोल्न खोजेको, घिनलाग्दो व्यवहार प्रस्तुत गरेको आरोप लगाइन् ।

आरोपको भुवनले कुनै खण्डन गरेका छैनन् । साम्राज्ञीले नामै तोकेर सीधै भुवनलाई आरोप नलगाए पनि भुवनप्रति लक्षित गर्दै भिडियो सार्वजनिक गरेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

यो अभिव्यक्तिपछि भुवनले कुनै जवाफ फर्काएका छैनन् । तर, देशकै प्रतिष्ठित कलाकारमाथि ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लागेको छ ।

सतहमा आएको यो मुद्दाका बारेमा अरु कलाकार भने मौन छन् । कसैले पनि आफू दुर्व्यवहारमा परेकोबारे बोलेका छैनन् ।

त्यसो त केही समयअघि नायिका स्यारोन श्रेष्ठले निर्माता सुनील रावललाई दुर्व्यहार गरेको आरोप लगाएकी थिइन् । उनको यो आरोपले फिल्म क्षेत्रमा चर्चा पाएको थियो ।

पछि फिल्मकर्मीले एकअर्कालाई आरोप नलगाउने सम्झौता गरेका थिए । स्यारोनले उठाएको विषयमा अर्की नायिका प्रकृति श्रेष्ठले पनि सहमति जनाउँदै निर्माता रावलको नियतमाथि प्रश्न उठाएकी थिइन् । उनले पनि आफू दुर्व्यवहारमा परेको बताएकी थिइन् ।

निर्माता रावलले स्यारोनलाई फिल्म ‘शायद २’ काम दिएका थिए भने नायिका प्रकृति श्रेष्ठले रावलको फिल्म ‘होस्टेल’ मा अभिनय गरेकी थिइन् ।

यो मुद्दा स्यारोन र रावलको सहमतिपछि भने यसै सेलाएर गयो । विश्वभर हलचल मच्चाएको ‘मीटु’ मुभमेन्टमा पनि नायिकाहरुले आफूहरु दुर्व्यवहारमा परेकोबारे बोलेनन् ।

नायिका लक्ष्मी बर्देवाले भने आफूलाई निर्देशकले होटलको कोठामा बोलाएर चुकुल लगाउन भनेको बताएकी थिइन् । शुक्रवार साप्ताहिकमा दिएको अन्तर्वार्तामा उनले यस्तो खुलासा गरेकी थिइन् ।

साम्राज्ञीले ‘मीटु मुभमेन्ट’ मा ‘घिनलाग्दो व्यवहार’ का बारेमा बोलिनन् । उनले लकडाउनका बेला यसबारेमा सोचेर बोलेको बताएकी छिन् ।

साम्राज्ञीले आफू ‘घिनलाग्दो व्यवहार’ मा परेको बताए पनि यसबारेमा अरु नायिकाहरु मौन छन् । बेलाबेलामा नायिकालाई होटलको कोठामा निर्देशकले कुटेको भन्ने गसिपहरु चलिरहन्छन् तर यस्ता कुरा पीडित नायिकाले बाहिर ल्याउँदैनन् ।

शायद, साम्राज्ञीले भनेजस्तै करिअरमा धब्बा लाग्छ, भोलि फेरि फिल्ममा काम पाइँदैन भन्नेजस्ता कुराले पीडित नायिका पनि खुलेर बोल्न सकिरहेका छैनन् ।

साम्राज्ञीले भने भिडियोमा भनेकी छिन्, ‘यो त एउटा उदाहरण मात्र हो, त्यसपछि मलाई कति जनाले के के गरेको छ, म चुप लागेर बसिरहेकी छु ’

साम्राज्ञीले पनि आफू दुर्व्यवहारमा परेको धेरै वर्षपछि बल्ल खुलासा गरेकी छिन् । अब अरु नायिका दुर्व्यवहारमा परेको भए ढिलोचाँडो यसबारेमा पक्कै बोल्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : ४८ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को