साम्राज्ञीले उठाएको ‘गम्भीर बहस’मा अरु नायिकाहरु किन मौन छन् ? « Khabarhub

साम्राज्ञीले उठाएको ‘गम्भीर बहस’मा अरु नायिकाहरु किन मौन छन् ?


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले करिअरका शुरुवाती दिनमा आफू दुर्व्यवहारमा परेको खुलासा गरेकी छिन् । उनले बारम्बार आफू  दुर्व्यवहारमा परेको बताएपछि यो मुद्दा चर्चामा छ ।

साम्राज्ञीले फिल्मकर्मीको नाम नखुलाई फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको बताएकी थिइन् । तर, साम्राज्ञीको भनाइपछि अभिनेता तथा निर्माता भुवन केसीले असहमति जनाउँदै ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ टिप्पणी गरेका थिए ।

भुवनको अभिव्यक्तिले साम्राज्ञी आफ्नो डेब्यु फिल्म ‘ड्रिम्स’ बाट हिट भएको तर यही फिल्मका मेकरलाई गाली गरेको बुझाउँथ्यो । भुवनले साम्राज्ञीलाई अभिनयसम्म गर्न नजान्ने भन्दै आरोप लगाएपछि यी दुईको सामाजिक सञ्जालमै सानोतिनो दोहोरी चल्यो ।

साम्राज्ञीले पुनः अर्को जवाफी भिडियोमार्फत जापान अवार्डका क्रममा एक निर्माताले गाला टाँसेर बोल्न खोजेको, घिनलाग्दो व्यवहार प्रस्तुत गरेको आरोप लगाइन् ।

आरोपको भुवनले कुनै खण्डन गरेका छैनन् । साम्राज्ञीले नामै तोकेर सीधै भुवनलाई आरोप नलगाए पनि भुवनप्रति लक्षित गर्दै भिडियो सार्वजनिक गरेकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Samragyee rajya laxmi shah (@srls_samragyeerlshah) on

यो अभिव्यक्तिपछि भुवनले कुनै जवाफ फर्काएका छैनन् । तर, देशकै प्रतिष्ठित कलाकारमाथि ‘घिनलाग्दो व्यवहार’ गरेको आरोप लागेको छ ।

सतहमा आएको यो मुद्दाका बारेमा अरु कलाकार भने मौन छन् । कसैले पनि आफू दुर्व्यवहारमा परेकोबारे बोलेका छैनन् ।

त्यसो त केही समयअघि नायिका स्यारोन श्रेष्ठले निर्माता सुनील रावललाई दुर्व्यहार गरेको आरोप लगाएकी थिइन् । उनको यो आरोपले फिल्म क्षेत्रमा चर्चा पाएको थियो ।

पछि फिल्मकर्मीले एकअर्कालाई आरोप नलगाउने सम्झौता गरेका थिए । स्यारोनले उठाएको विषयमा अर्की नायिका प्रकृति श्रेष्ठले पनि सहमति जनाउँदै निर्माता रावलको नियतमाथि प्रश्न उठाएकी थिइन् । उनले पनि आफू दुर्व्यवहारमा परेको बताएकी थिइन् ।

निर्माता रावलले स्यारोनलाई फिल्म ‘शायद २’ काम दिएका थिए भने नायिका प्रकृति श्रेष्ठले रावलको फिल्म ‘होस्टेल’ मा अभिनय गरेकी थिइन् ।

यो मुद्दा स्यारोन र रावलको सहमतिपछि भने यसै सेलाएर गयो । विश्वभर हलचल मच्चाएको ‘मीटु’ मुभमेन्टमा पनि नायिकाहरुले आफूहरु दुर्व्यवहारमा परेकोबारे बोलेनन् ।

नायिका लक्ष्मी बर्देवाले भने आफूलाई निर्देशकले होटलको कोठामा बोलाएर चुकुल लगाउन भनेको बताएकी थिइन् । शुक्रवार साप्ताहिकमा दिएको अन्तर्वार्तामा उनले यस्तो खुलासा गरेकी थिइन् ।

साम्राज्ञीले ‘मीटु मुभमेन्ट’ मा ‘घिनलाग्दो व्यवहार’ का बारेमा बोलिनन् । उनले लकडाउनका बेला यसबारेमा सोचेर बोलेको बताएकी छिन् ।

साम्राज्ञीले आफू ‘घिनलाग्दो व्यवहार’ मा परेको बताए पनि यसबारेमा अरु नायिकाहरु मौन छन् । बेलाबेलामा नायिकालाई होटलको कोठामा निर्देशकले कुटेको भन्ने गसिपहरु चलिरहन्छन् तर यस्ता कुरा पीडित नायिकाले बाहिर ल्याउँदैनन् ।

शायद, साम्राज्ञीले भनेजस्तै करिअरमा धब्बा लाग्छ, भोलि फेरि फिल्ममा काम पाइँदैन भन्नेजस्ता कुराले पीडित नायिका पनि खुलेर बोल्न सकिरहेका छैनन् ।

साम्राज्ञीले भने भिडियोमा भनेकी छिन्, ‘यो त एउटा उदाहरण मात्र हो, त्यसपछि मलाई कति जनाले के के गरेको छ, म चुप लागेर बसिरहेकी छु ’

साम्राज्ञीले पनि आफू दुर्व्यवहारमा परेको धेरै वर्षपछि बल्ल खुलासा गरेकी छिन् । अब अरु नायिका दुर्व्यवहारमा परेको भए ढिलोचाँडो यसबारेमा पक्कै बोल्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ३ : ४८ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय