मंगलबार एकैदिन थपिए ३१६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

मंगलबार एकैदिन थपिए ३१६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ४ जना पुरुष, सिराहाका एकजना महिला र ९ जना पुरुष, उदयपुरका २ जना पुरुष, झापाका २ जना महिला र ३ जना पुरुष र सुनसरीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ जना पुरुष, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका २ जना महिला र १९ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ३ जना पुरुष, रौतहटका ५ पुरुष र महोत्तरीका २९ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका ७ जना महिला र २० जना पुरुष, बाजुराका एकजना पुरुष, काठमाडौंका २ जना पुरुष, रौतहटका २ जना पुरुष, स्याङ्जाका एकजना पुरुष, गुल्मीका एकजना पुरुष, सिन्धुपाल्चोकका एक महिला र एकजना पुरुष, गोरखाका एकजना पुरुष, सर्लाहीका एकजना महिला र ७ जना पुरुष, भक्तपुरका एक महिला र बाग्लङुका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका एकजना पुरुष, काठमाडौंका एकजना महिला, ललितपुरका एकजना पुुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका उकजना महिला, बैतडीका एकजना पुरुष, डोटीका एकजनामहिला र१४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना महिला र५ जना पुरुष र म्याग्दीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डा गौतमका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका एकजना महिला र ८ जना पुरुष, लमजुङका ३ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका एक महिला र २ जना पुरुष र तनहुँका ३ महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ महिला र५ पुरुष, पाल्पाका ३ महिला र १५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा सल्यानका एकजना महिला र एकजना पुरुष, दाङका २ महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एकजना महिला र ७ जना पुरुष,बाजुराका १६जना महिला र ३२ जना पुरुष, बाँकेका एकजना पुरुष र दैलेखका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र२ जना पुरुष, बाजुराका एकजना महिला र एकजना पुरुष, डडेल्धुराका २ महिला र डोटीका १३ महिला र २ जना पुरुष र कैलालीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।

२४ घण्टामा ६० जनाले जिते कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमणमुक्त भएका छन्।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले मंगलबारको नियमित लाइभ अपडेटमा नेपालमा थप ६० जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । जसमध्ये महिला ९ र पुरुष ५१ रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३१९४पुगेको छ । जसमध्ये २७७ महिला २ हजार ९१७ पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ५ : ०० बजे

काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने

काठमाडौं– काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ

जलवायु अनुकूलन अबको जीवन पद्धति : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब

सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई

डोटी– रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढ्दो छ । भारतसँगै

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु

अन्तराष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा हुने

काठमाडौं– किशोर किशोरीको मानसिक स्वास्थ्यका विषयमा काठमाडौंमा अन्तराष्ट्रिय सम्मेलन आयोजना