नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन « Khabarhub

नेकपा एमाले पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।

यस विषयमा आजको नेकपा बैठकमा छलफल भएको छ ।

प्राप्त जानकारी अनुसार झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी हुन् ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारेको एजेन्डा प्रवेश गराउदै यसमा प्रधानमन्त्रीको धारणा मागेका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा दुई दिन अगाडी नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले समेत नेकपा एमाले नामको पार्टी दर्ताका लागि निवेदन परेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ३१ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित