लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन सञ्चालन « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन सञ्चालन


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोतसाधन सरकारले जुटाउने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना परीक्षण गर्न अस्पतालको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले हातेमालो गरेर अगाडि बढेको बताए ।

प्रयोगशालाविज्ञ पुष्पराज खनालले प्रयोगशालामा राज्यको लगानी धेरै हुन नसकेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालले शुरु गरेकोे पिसिआर परीक्षणले कोरोनाको निदानमा सघाउ पु¥याउने विश्वास गरे । अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले मेसिन जडान भएपछि अब कोरोना परीक्षण शुरु गरिने जानकारी दिए ।

प्रादेशिक अस्पतालमा जडान गरिएको पिसिआर मेसिन रु एक करोड ३० लाखमा खरीदका लागि प्रदेश नं ५ सरकारले रु ६० लाख सहयोग गरेको छ भने बाँकी अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणका लागि मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए ।

मेसिन जडानपछि बिरामीको पीसीआर परीक्षण गर्न सकिने र उपचारका लागि ढुक्क होइन अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताए ।

अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ । यसका अलावा प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परीक्षण गरिने डा खनालले बताए ।

अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकाले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव निर्मल जिसी, नेपाली कांग्रेसका विमलराज भट्टराई, नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष भरत केसीलगायतले प्रयोगशाला सञ्चालनले कोरोना परीक्षण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ३१ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली