लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन सञ्चालन « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन सञ्चालन


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोतसाधन सरकारले जुटाउने बताए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना परीक्षण गर्न अस्पतालको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले हातेमालो गरेर अगाडि बढेको बताए ।

प्रयोगशालाविज्ञ पुष्पराज खनालले प्रयोगशालामा राज्यको लगानी धेरै हुन नसकेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालले शुरु गरेकोे पिसिआर परीक्षणले कोरोनाको निदानमा सघाउ पु¥याउने विश्वास गरे । अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले मेसिन जडान भएपछि अब कोरोना परीक्षण शुरु गरिने जानकारी दिए ।

प्रादेशिक अस्पतालमा जडान गरिएको पिसिआर मेसिन रु एक करोड ३० लाखमा खरीदका लागि प्रदेश नं ५ सरकारले रु ६० लाख सहयोग गरेको छ भने बाँकी अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणका लागि मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए ।

मेसिन जडानपछि बिरामीको पीसीआर परीक्षण गर्न सकिने र उपचारका लागि ढुक्क होइन अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताए ।

अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ । यसका अलावा प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परीक्षण गरिने डा खनालले बताए ।

अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकाले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव निर्मल जिसी, नेपाली कांग्रेसका विमलराज भट्टराई, नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष भरत केसीलगायतले प्रयोगशाला सञ्चालनले कोरोना परीक्षण थप प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ३१ बजे

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले

गौरीगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन

काठमाडौँमा नगद र गहना चोरी गर्ने २ भारतीय पक्राउ

काठमाडौं- काठमाडौंमा नगद र गरगहना चोरी कार्यमा संलग्न दुई भारतीय