कोरोना संक्रमित भेटिएपछि दिक्तेल बजार अनिश्चितकालीन बन्द « Khabarhub

कोरोना संक्रमित भेटिएपछि दिक्तेल बजार अनिश्चितकालीन बन्द


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ ।

सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको सङ्घका महासचिव मनोजकुमार बजिमयले बताए ।

“अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ”, उनले भने, “अत्यावश्यकबाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो ।”

जिल्लामा सञ्चालित औषधि पसल भने चौबीसै घण्टा खुला राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।

औषधि पसलमा समेत सामाजिक दूरी कायम गरेरमात्र सेवा लिन र दिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोरोना सङ्क्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्षीय युवक र साउदी अरबबाट आएका ३८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अल्छेढुङ्गा हुँदै बेँसीटोल तथा नेर्पा जाने बाटोमा पर्ने डाँडागाउँदेखि सोल्माको साकेलाथानसम्मको दायाँबायाँ १०० मिटर क्षेत्र सिल गरिएको हो ।

अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि सिल गरिएको क्षेत्रमा प्रवेश गर्न तथा बाहिरिन पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

साउदीमा पीसीआर परीक्षण गरेर आएका ३८ वर्षीय सङ्क्रमित पुरुष पाँच दिन दिक्तेलमा निर्माण गरिएको क्वारेन्टिन बसेर घर गएपछि गाउँका साथीभाइसँग घुलमेल भएका कारण उनको सम्पर्कमा आएका व्यक्तिको पीसीआर रिपोर्ट नआएसम्मका लागि उक्त क्षेत्र सिल गरिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने, पाँच जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ४८ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली