कोरोना संक्रमित भेटिएपछि दिक्तेल बजार अनिश्चितकालीन बन्द | Khabarhub Khabarhub

कोरोना संक्रमित भेटिएपछि दिक्तेल बजार अनिश्चितकालीन बन्द


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ ।

सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्र पठाएर बुधबारदेखि सम्पूर्ण कारोवार बन्द गराएको हो ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न अत्यावश्यकबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न व्यापारीलाई आग्रह गरिएको सङ्घका महासचिव मनोजकुमार बजिमयले बताए ।

“अत्यावश्यक पर्ने पसल बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा खुला गरिनेछ”, उनले भने, “अत्यावश्यकबाहेक बाँकी सबै प्रकारका पसल तथा व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको हो ।”

जिल्लामा सञ्चालित औषधि पसल भने चौबीसै घण्टा खुला राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।

औषधि पसलमा समेत सामाजिक दूरी कायम गरेरमात्र सेवा लिन र दिने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोरोना सङ्क्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केही क्षेत्र सिल गरिएको छ । भारतबाट आएका १८ वर्षीय युवक र साउदी अरबबाट आएका ३८ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अल्छेढुङ्गा हुँदै बेँसीटोल तथा नेर्पा जाने बाटोमा पर्ने डाँडागाउँदेखि सोल्माको साकेलाथानसम्मको दायाँबायाँ १०० मिटर क्षेत्र सिल गरिएको हो ।

अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि सिल गरिएको क्षेत्रमा प्रवेश गर्न तथा बाहिरिन पूर्णरुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

साउदीमा पीसीआर परीक्षण गरेर आएका ३८ वर्षीय सङ्क्रमित पुरुष पाँच दिन दिक्तेलमा निर्माण गरिएको क्वारेन्टिन बसेर घर गएपछि गाउँका साथीभाइसँग घुलमेल भएका कारण उनको सम्पर्कमा आएका व्यक्तिको पीसीआर रिपोर्ट नआएसम्मका लागि उक्त क्षेत्र सिल गरिएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म नौ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने, पाँच जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  १० : ४८ बजे

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल