फेसबुक, एप्पलसहितका ४ कम्पनीले एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूको आरोप « Khabarhub

फेसबुक, एप्पलसहितका ४ कम्पनीले एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूको आरोप


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वका चार ठूला अमेरिकी कम्पनी फेसबुक, एप्पल, गुगल र एम्जनले शक्तिको दुरूपयो गर्दै बजारमा एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूले आरोप लगाएका छन् ।

संसदीय सुनुवाइमा उनीहरूमाथि प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन शक्तिको दुरूपयोग गरेको आरोप लगाइएको हो ।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्दा प्रतिस्पर्धीहरूलाई हानि पुर्‍याउने हिसाबले खर्च गरेको आरोप लगाए ।

बीबीसीका अनुसार सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको पनि आरोप लगाएका छन् ।

पाँच घण्टा लामो सुनुवाइका क्रममा फेसबुकका मार्क जुकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।

चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ८ : २० बजे

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना