चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह « Khabarhub

चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले भारतलाई चीनमाथिको परनिर्भरता कम गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पम्मेओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन र त्यसको वितरण बढाई चीनमाथिको निर्भरता कम गर्न आग्रह गरेक हुन्।

अमेरिका र चीनबीचको सम्बन्धमा दरार आइरहेका बेला अमेरिकी विदेशमन्त्री पम्पेओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्री लगायत क्षेत्रमा चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

उनले भारतको आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरण गर्न सक्षम हुनेतर्फ जोड दिन आवश्यक रहेको बताए।

पम्पेओले भने भारतले अहिले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ, अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ त्ससैले भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने यो उत्तम समय हो।

अमेरिकाले चीनमाथि हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको, कोरोना भाइरसको संक्रमण फैलिन नदिन पारदर्शी नबनेको लगायत आरोप लगाइरहेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : ३७ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै