सगरमाथा क्षेत्र घुम्ने पर्यटक ५० प्रतिशतले घटे | Khabarhub Khabarhub

सगरमाथा क्षेत्र घुम्ने पर्यटक ५० प्रतिशतले घटे


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलु- गत आर्थिक वर्षमा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या करिब ५० प्रतिशत घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार २९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भए पनि आव २०७६/७७ मा ३२ हजार ६३७ ले मात्र भ्रमण गरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार गत आवमा ३१ हजार ५३५ विदेशी र एक हजार १०२ नेपालीले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् जसमा एक हजार १६७ सार्क राष्ट्रका पर्यटक छन् ।

भ्रमण वर्ष २०२० को शुरुआती चरणमै कोरोना भाइरसको जोखिम उच्च भएपछि पर्यटन क्षेत्रमा ठूलो असर परेको टानका प्रथम उपाअध्यक्ष चोलेन्द्र कार्कीको भनाइ थियो । सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको सङ्ख्यासमेत दोब्बरले घटेको व्यवसायीको भनाइ छ ।

आव २०७५/७६ मा ५७ हजार २९८ ले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेको भएपनि गतवर्ष यसको सङ्ख्या करिब दोब्बरले घट्नका पछाडि कोरोना भाइरसको महामारी प्रमुख रहेको छ ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा साढे नौ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आवमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट नौ करोड ५७ लाख ६० हजार ९९४ राजश्व सङ्कलन भएको हो ।

वन रोयल्टीबाट नौ करोड ४२ लाख ४३ हजार ९६१, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार ८०२ सङ्कलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार २३० बेरुजु असुली गरिएको छ ।

निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौँको भृकुटीमण्डपमा काउण्टर स्थापना गरेर राजश्व सङ्कलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट आठ करोड ५६ लाख ११ हजार ९९४ र काठमाडौँ भृकुटीमण्डपस्थित काउन्टरबाट एक करोड १४ लाख नौ हजार सङ्कलन भएको छ ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक रु तीन हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार ५०० शुल्क लिँदै आएको छ । त्यस्तै एकपटक हेलिकप्टर अवतरण गरेवापत तीन हजार अवतरण शुल्क लिने गरिएको प्रमुख संरक्षण अधिकृत उपाध्यायको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेको छ ।

सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ०३ बजे

एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको

सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर