अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन : पौडेल « Khabarhub

अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि ल्याउन पाइँदैन : पौडेल


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि ल्याउन नपाइने बताएका छन् ।

उनले बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसको नेतृत्वले विधानको अक्षरश: पालना गर्नुपर्ने बताएका छन् ।

उनले भने, “विधानको अक्षरश: पालना हुनुपर्छ । पालना गरेर अगाडि बढ्नुपर्छ । अधिवेशन नगरी भ्रातृ संगठन र जनसम्पर्क समितिबाट महाधिवशनमा प्रतिनिधि ल्याउन पाइँदैन ।”

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल केन्द्रमा पेस गरेको भन्दै आपत्ति जनाएको छ ।

नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।”

पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ४५ बजे

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)

कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत– कर्णाली प्रदेशका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि

शक्तिशाली अधिकारीको निवासबाटै सुरु हुन्छ कुशासन र बिचौलियाको खटनपटन : पूर्वअर्थमन्त्री खनाल

काठमाडौँ – पूर्वसचिव एवं पूर्वअर्थमन्त्री रामेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका